शुक्रबार, भदौ २८, २०८१

कांग्रेसले १७८ तहमा जित निकाल्यो, एमाले दोस्रो र माओवादी तेस्रो

नेपालखोज २०७९ जेठ ४ गते ७:३२

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म १९० पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म नेपाली काग्रेसले ४६ नगरपालिका प्रमुख १३२ गाउँपालिका अध्यक्ष गरी १७८ तहमा विजय हासिल गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १०९ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले ७७ तहमा जित हासिल गरेको छ । उसले ६८ वटा गाउँपालिका अध्यक्ष र ९ वटा नगरपालिका प्रमुख जितेको छ ।

प्रतिक्रिया