बुधबार, वैशाख २४, २०८२

ललितपुर महानगर : चिरिबाबुले १७ हजार २१० मत प्राप्त गर्दा हरिकृष्णले ल्याए ९,६८८ मत

नेपालखोज २०७९ जेठ ५ गते १२:०६

ललितपुर । गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार चिरिबाबु महर्जनले १७ हजार २१० मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।

नेकपा (एमाले)का उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले ९ हजार ६८८ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले अग्रता कायमै राखेकी छन् । उनले ९ हजार ४८९ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार बाबुराज बज्राचार्यले ६ हजार ९०३ मत ल्याएका छन् ।

प्रतिक्रिया