शनिबार, वैशाख १५, २०८१

तीव्र गतिमा बढ्दै गएको रोग : मधुमेह

नेपालखोज २०८० असार १८ गते ८:२८

मधुमेहको बढ्दो विश्वव्यापी घटना स्वास्थ्य विशेषज्ञहरूका लागि ठूलो चिन्ताको विषय भएको छ । हरेक वर्ष विश्वभर ठूलो संख्यामा मधुमेहका बिरामीहरु बढिरहेका छन । ल्यान्सेटले एक अध्ययनमा चिन्ता व्यक्त गर्दै मधुमेहका बिरामी जसरी बढ्दै गएका छन त्यसले सन् २०५० सम्ममा विश्वभर मधुमेहका बिरामीको संख्या १३० करोडभन्दा बढी हुने सम्भावना भएको बताएको छ ।

यसले स्वास्थ्य क्षेत्रमा ठूलो भार पर्ने निश्चित छ भने मधुमेह सम्बन्धी अन्य रोगका कारण समस्या थप बढ्न सक्छ । अमेरिकन डायबिटिज एसोसिएसन ९एडीए० ले मधुमेह रोगीहरूले मधुमेहका कारण हुने स्वास्थ्य समस्याहरूमा निरन्तर ध्यान दिन आवश्यक छ भन्ने चेतावनी दिएको छ । टाइप टु मधुमेह वा पूर्व मधुमेह भएका वयस्कहरूमा नन(अल्कोहलिक फ्याटी लिभर ९एनएएफएलडी० बढिरहेको छ । त्यसैले सबैले नियमित कलेजो परीक्षण गर्नुपर्छ।

मधुमेह रोगीमा कलेजोको समस्या

टाइप टु मधुमेह भएका लगभग ७० प्रतिशत मानिसमा कलेजोको रोग समेत हुन्छ जसमा एनएएफएलडी सबैभन्दा सामान्य छ । अमेरिकी मधुमेह संघले एक विज्ञप्तिमा भनेको छ । यसले सिरोसिस र कलेजोको क्यान्सर पनि निम्त्याउन सक्छ। यसले केही बिरामीमा हृदय रोग र मृत्युको जोखिम बढाएको पनि देखाइएको छ। त्यसै पनि नन(अल्कोहलिक फ्याटी लिभर एउटा गम्भीर समस्या हो, जब यो मधुमेह भएकाहरुमा देखा पर्छ भने यसको गम्भीरता अझ बढ्छ, त्यसैले यो सबै रोगीको खास जाँच गर्नुपर्छ ।

अमेरिकन डायबिटिज एसोसिएसनले यस सम्बन्धमा नयाँ दिशानिर्देश जारी गरेको छ । मधुमेहका बिमारिको नन-अल्कोहलिक फ्याटी लिभर वा कलेजो परीक्षण आवश्यक छ । एडीएका प्रमुख वैज्ञानिक र मेडिकल अफिसर रोबर्ट गाबेका अनुसार मधुमेहका बिरामीहरूमा कलेजोको रोग द्रुत रूपमा बढ्दै गएको छ। अनुसन्धानले मधुमेहका जटिलताहरू हृदय रोग र स्नायु(आँखाको समस्यामा मात्र सीमित नभई अन्य धेरै साइड इफेक्टहरू हुनसक्ने बताएको छ । मधुमेह मूलतः अग्नाशय र कलेजो सँग सम्बन्धित समस्या भएकाले नन(अल्कोहलिक फ्याटी लिभर वा कुनै पनि कलेजोको रोगलाई बेवास्ता गर्दा मधुमेह भएका बिरामीहरूको जोखिम बढन सक्छ। नन(अल्कोहलिक फ्याटी लिभर एउटा अवस्था हो जसमा थोरै वा कम रक्सी पिए पनि कलेजोमा बोसो जम्मा हुन्छ ।

विज्ञहरुको सल्लाह के छ ?

यस्तो जोखिमबाट बच्न मधुमेहका बिरामीले तौल नियन्त्रणमा राख्नु सबैभन्दा महत्त्वपूर्ण भएको मधुमेह संघका विज्ञहरू बताउँछन् । स्वस्थ आहार, जीवनशैली परिवर्तन, तौल घटाउने र व्यायाम गर्ने बानीले चिनीको मात्रालाई नियन्त्रणमा राख्न मात्र होइन मधुमेहका कारण हुने जटिलताहरूलाई पनि रोक्न मद्दत गर्छ । यदि उपचार गरिएन भने नन(अल्कोहलिक फ्याटी लिभर ले कलेजो सिरोसिस निम्त्याउन सक्छ जसले गम्भीर साइड इफेक्टको जोखिम बोकेको हुन्छ ।

प्रतिक्रिया