शुक्रबार, वैशाख १४, २०८१

वाणिज्य बैंकका ग्राहकलाई अक्क्षित रिसोर्टमा २० प्रतिशत छुट

नेपालखोज २०७९ जेठ ५ गते १६:५८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मूलकोटमा रहेको अक्क्षित रिसोर्ट एन्ड र्याफिटिङबीच बैंकका ग्राहकलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी बस्नेतबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले डिजिटल माध्यम (मोवाइल बैंकिङ, एटिएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस) बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ ।

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु दुर्गाकुमारी कँडेल, सरोज वस्नेत, रिसोर्टका रामप्रसाद नेपाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया