शुक्रबार, वैशाख १४, २०८१

एलन मस्कको अनौठो सपना- मंगलमा मानव बस्ती र सेल्फ ड्राइभिङ कार

नेपालखोज २०७९ जेठ ६ गते १८:५१

साइन्स फिक्सन र कल्पनाको संसारलाई यथार्थमा उतार्ने कन्सेप्टमा अघि बढिरहेका एलन मस्क (Elon Musk) आजको दिनमा संसारका सर्वाधिक धनी व्यक्ति हुन् । उनी यस्ता कम्पनीहरुका मालिक हुन् जसले मानवजातीकै नयाँ भविष्य गढ्ने प्रोजेक्ट्मा काम गरिरहेका छन् । एलन मस्कको विचार केवल सपनामा सीमित छैन बरु उनका आइडियाहरुले साकार रूपसमेत धारण गरेका छन् ।

अहिले संसारमा एलन मस्ककै समय चलिरहेको छ । मस्कको जादु पनि यस्तो छ कि उनले जुन कुरामा हात राख्छन् त्यो ‘सुन’ हुन्छ । उनको प्रगतिका अगाडि संसारका कुनै पनि धनकुबेर टिक्न सकेका छैनन् । उनले संसारका दोस्रो नम्बरका धनीलाई समेत भेट्न नसक्नेगरी धेरै पछाडि छोडिसकेका छन् । यद्यपि मस्क आफूलाई धनकुबेर होइन इन्जिनियर भनेको मन पनपराउँछन् । उनी विज्ञान र प्रविधिको संसारमा डुबेका छन् । अहिले संसारमा विज्ञान र प्रविधिको क्षेत्रमा हुने हरेक नयाँ काममा उनको नाम जोडिएकै हुन्छ ।

एलन मस्क २४६ बिलियन डलर बराबरको सम्पत्तिको मालिक छन् । उनी दक्षिण अफ्रिका, क्यानाडा तथा अमेरिकाका कारोबारी, लगानीकर्ता, इन्जिनियर तथा आर्किटेक्ट हुन् । मस्क टेस्ला, न्युरोलिंक, स्पेसएक्स जस्ता कम्पनिको मालिक मात्र होइनन् पे-पाल (PayPal) को संस्थापक तथा अब ट्विटर जस्तो अब्बल कम्पनीलाई एक बोलीमा आफ्नो बनाउने बिजनेस टाइकुन पनि हुन् । एलन मस्क आफ्नो तुलना एलियनसँग गर्नेहरुको कुरा हाँसेर टार्छन् यद्यपि उनको कामचाहिँ एलियनले गर्ने खालकै छ मानिसले गर्न नसक्ने, नपत्याउने ।

१२ वर्षमै आफूलाई सावित गरे
मानिसहरु सपना देख्छन् र बिर्सन्छन् तर एलन मस्क सपना मात्र देख्दैनन् त्यसलाई पुरा पनि गर्छन् । उनले १२ वर्षको उमेरमै भिडियो गेम बनाएर ५०० डलरमा बेचेका थिए । त्यतिबेला सुरू भएको यो सिलसिला आज अरबौंको कम्पनी खरिद-बिक्रीसम्म पुगेको छ । बिटक्वाइन्स जसमा हात हाल्न सारा मानिस डराउँथे त्यसलाई एलन मस्कले २०१४ मै अपनाएका थिए । यो अदृश्य करेन्सिमा लगानी गरेर उनले हजारौं गुणा लाभसमेत कमाए । अहिले एलन मस्कका कम्पनीहरुले विभिन्न किसिमका नेक्स्ट जेनरेसन इनोभेसन गरिरहेका छन् जसले आउने दिनमा मानिसको पुरै जिन्दगी बदल्न सक्छ ।

छोराको नाम
विज्ञान र प्रविधिमा मस्कको लगाव यस्तो छ कि २०२० मा जन्मिएको आफ्नो छोराको नाम उनले X Æ A-12 राखे । त्यसपछि यो नामको अर्थ खोज्ने लहर नै चल्यो । एलन मस्क र उनकी गायिका श्रीमती ग्राइम्सले आफ्नो छोराको नाम Exa Dark Sideræl राखेका थिए जसको अर्थ निकै महत्त्वपूर्ण छ । श्रीमती ग्राइम्सका अनुसार Exa ले सुपरकम्प्युटिङ टर्म exaFLOPS लाई दर्शाउँछ भने डार्कको अर्थ अज्ञात हो जोसँग मानिसहरु डराउँछन् । डार्क म्याटर ब्रह्माण्डको एउटा रहस्य हो । श्रीमती ग्राइम्स भन्छिन्- Sideræl को अर्थ ब्रह्माण्डको सही समय हो ।

एलन मस्कको फ्युचर प्लान ?
एलन मस्कलाई मानिसहरु २१औं सताब्दिको सबैभन्दा ठूलो र क्रान्तिकारी भिजनरी मान्छन् । किनभने उनले हाइपरलुप जस्तो फ्युचर ट्रेनको निर्माण गरे । एलन मस्क मंगल ग्रहमा मानव सहर निर्माण गर्न चाहन्छन् । न्युरोलिंकको माध्यमले मानिसको मस्तिष्कलाई मेसिन र स्मार्टफोनसँग जोडन चाहन्छन् । आर्टिफिसियल इन्टेलिजेन्सलाई मानिसक‍ो जीवनको महत्त्वपूर्ण भाग बनाउन चाहन्छन् । नासाका लागि एलन मस्कको कम्पनीले Crew Dragon Capsule बनायो जसले मानिसका लागि पहिलो पटक अन्तरिक्षको कमर्सियल यात्रा सुरु गरेको छ । यसबाट मानिसका लागि अन्तरिक्षको यात्रा अर्थात स्पेस टुरिज्मको बाटो खुलेको छ ।

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया