बिहीबार, वैशाख १३, २०८१

भरतपुरको मेयरमा रेणु ३,०१० मतान्तरले अगाडि, रेणुको २१,०८५ मत हुँदा विजयको १८,०७५

नेपालखोज २०७९ जेठ ६ गते १३:२६

चितवन । भरतपुर महानगरपलिकामा मतगणना जारी छ । विभिन्न स्थानीय तहमध्ये यस महानगरपालिकाको नेतृत्व कसको हुने हो भन्ने देशैभर चासो छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल अग्रस्थानमा छिन् । पछिल्लो मतपरिणामअनुसार उनले निकट्तम प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा ३,०१० मतले अग्रता लिइरहेकी छन् ।

यो समाचार तयार पार्दासम्म रेणुले २१,०८५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले १८,०७५ मत ल्याएका छन । यस्तै स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ८,०२६ मत प्राप्त गरेका छन् । यसैबीच उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी भने २३,४८७ मतले अग्रस्थानमा छन् । उनलाई राप्रपाका हिमला गुरुङले १४,१४४ मत ल्याउँदै पछ्याइरहेकी छन् ।

प्रतिक्रिया