शनिबार, वैशाख १५, २०८१

ललितपुरको मेयरमा कांग्रेसका चिरिबाबु एमालेका हरिकृष्णभन्दा ९ हजार १६२ मतले अगाडि

नेपालखोज २०७९ जेठ ६ गते १७:२९

ललितपुर । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार चिरिबाबु महर्जनले २१ हजार ३११ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् । एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले १२ हजार १४९मत प्राप्त गरेका छन्

।उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले अग्रता कायमै राखेकी छन् । उनले ११ हजार ९६५ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार बाबुराज बज्राचार्यले ८ हजार ४२६ मत ल्याएका छन् ।

प्रतिक्रिया