सोमबार, पुष ७, २०८२

अन्नपुर्ण केबुलकार चढ्दा माछापुच्छ्रे बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

नेपालखोज २०७९ जेठ ७ गते १९:२६

काठमाडौं । पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्‍याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उदेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरी व्यवसायिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रालीको तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्‍याउँर्दै आई रहेको छ । सम्झौता अनुसार माछापुच्छ«े बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ ।

बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट, क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्वनमा सघाउ पुग्दै आईरहेको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया