शनिबार, असोज ५, २०८१

नेपाल बैंक वाग्मती प्रदेशको बजेट गोष्ठी

नेपालखोज २०७९ जेठ ८ गते १२:१२

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष ०७९–८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम गरेको छ ।

धुलीखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बाग्मती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकको सहभागिता थियो । प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्टसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।

बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारीता बढि हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिनेलगायत विषहरूमा छलफल गरी यस्ता कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको बताए । सम्पूर्ण नेपालीमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकको विश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरू सदा ऊर्जाशील भई अगाडि बढिरहने उनको विश्वास थियो ।

कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धकहरू पासाङ दोर्जे शेर्पा तथा धीरज राई, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटीलगायत प्रधान कार्यालय बजेट कमिटिका अन्य सदस्यहरूको सहभागिता थियो ।

नेपालभर २१३ शाखा, १७९ एटीएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा–सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरूमा निक्षेप कर्ताहरूको आकर्षण बढिरहेको छ ।

प्रतिक्रिया