मंगलबार, वैशाख १८, २०८१

विज्ञापन नियमावली संशोधन : होर्डिङ बोर्डमा विदेशी कलाकारको फोटो राख्न बन्देज

नेपालखोज २०८० असोज ९ गते १८:१६

काठमाडौं । सरकारले होर्डिङ बोर्डमा अबदेखि विदेशी कलाकारको तस्वीर राखेर विज्ञापन गर्न बन्देज लगाएको छ । संशोधित विज्ञापन नियमावली जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो बन्देज लगाएको हो ।

मन्त्रालयले एक महिनाअघि राजपत्रमा प्रकाशित गरेको ‘विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८०’ मा अन्तर्राष्ट्रिय विमानस्थलदेखि देशभित्रको जुनसुकै ठाउँमा पनि देखिने गरी सार्वजनिक स्थलमा राखिने होर्डिङ बोर्डको विज्ञापनमा विदेशी कलाकार देखाउन नपाइने उल्लेख छ ।

संशोधित नियमावलीअनुसार अबदेखि होर्डिङ बोर्डमा गरिने विज्ञापनलाई राष्ट्रिय र सांस्कृतिक पहिचान अनुकूल बनाउन यसअघिको नियम परिवर्तन गरिएको छ । 

प्रतिक्रिया