बिहीबार, जेठ ३, २०८१

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०७९ जेठ ९ गते १०:५८

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइबार पनि तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइताबार पनि चाँदी १२ सय ५५ रूपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया