कांग्रेसले चुनावी परिणाम, आगामी योजनालगायतका सम्बन्धमा जानकारी गराउँदै
नेपालखोज
२०७९ जेठ ९ गते ११:१७

काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन गरेर जानकारी लागेको जनाइएको छ ।
पत्रकार सम्मेलन दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कांग्रेस सचिवालयले जनाएको छ । पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी गराउनु हुनेछ । यस्तै समसामयिक सन्दर्भ, आगामी कार्यक्रम र योजनाका बारेमा नेता महतले जानकारी गराउने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया