जजिरा विमानमा चरा ठोकिएको आशंका, घण्टौंदेखि होल्डमा

नेपालखोज २०७९ जेठ ९ गते १३:०६

काठमाडौं । जजिरा एअरलाइन्सको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा होल्डमा राखिएको छ । सोमबार बिहान २ बजेतिर भैरहवामा अवतरण गरेको विमानमा चरा ठोक्किएको आशंका गरिएपछि होल्डमा राखिएको हो ।

१ सय २१ यात्रु सबै सकुशल भएको विमानस्थल स्रोतले जनाएको छ । राति नै कुवेत फर्किने विमानको तालिका भए पनि खतरा हुने भयले होलडमा राखिएको जनाइएको छ ।

बिमान अहिलेसम्म बिमानलाई उडान हुन दिइएको छैन । प्राविधिकले जाँच गरेपछि मात्रै विमानलाई उडान अनुमति दिने जनाइएको छ । विमानको बाहिरी भागमा रगत देखिएको जनाइएको छ । चरा इन्जिनभित्र पसेको आशंका गरिएको छ ।

प्रतिक्रिया