मंगलबार, वैशाख २५, २०८१

नवौं राष्ट्रिय खेलकुदका लागि एनआरएनएको खेलाडी दर्ता समय थप

नेपालखोज २०७९ जेठ ९ गते १६:४७

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवासीय नेपाली संघ एनआरएनए स्पोर्टसले खेलाडी दर्ताको समय थप गरेको छ ।

जेठ २२-२८ गतेसम्म आयोजना गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरे पनि पछिल्लो समय तयारी पूरा नहुने अवस्थाका कारण प्रतियोगिता केही पर धकेलिने खबरहरु पनि सार्वजनिक भइरहेका छन् ।

तर, राष्ट्रिय खेलकुद परिषद् राखेपबाट औपचारिक जानकारी नआएको एनआरएनए स्पोर्टसले आफ्नो तयारी तीव्र गतिमा अघि बढाइरहेको एनआरएनएका कार्यवाहक सदस्य-सचिव धर्मराज गिरीले जानकारी दिए ।

एनआरएनएले पहिलोपटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको भन्दा यसपटक धेरै खेलमा सहभागिता जनाउँदै छ । १८ खेलमा सहभागिता जनाउने गरी विभिन्न देशका एनसीसीहरुलाई खेलाडी दर्ताका लागि आह्वान गरिएको थियो ।

अहिले धेरै एनसीसीहरुले खेलाडी दर्ताको काम गरिरहेको बताउँदै केही खेलाडीहरु छुटेको कुरा आएपछि आगामी मे ३१ तारिखसम्म खेलाडी दर्ता गराउन आह्वान गरिएको कार्यवाहक सदस्य-सचिव गिरीले बताए ।

प्रतिक्रिया