शुक्रबार, चैत १६, २०८०

कानुन बनाएर मात्रै सौन्दर्य प्रतियोगिताको अनुमति दिन सरकारलाई निर्देशन

नेपालखोज २०७९ जेठ ९ गते १७:४३

काठमाडौं । सौन्दर्य प्रतियोगिताका विषयमा कानून बनाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले सौन्दर्य तथा मोडलिङसँग सम्बन्धित प्रतियोगिता कानून बनाएरमात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।

मनोरञ्जन क्षेत्रका उमेर, जात र योग्यतामा आधारित कुनै पनि किसिमका सौन्दर्यमा आधारित प्रतियोगिताको अनुमति दिन पहिले गहन छलफल गरेर स्पस्ट नीति बनाउन समितिले निर्देशन दिएको छ ।

सरकारले शिघ्र स्पष्ट नीति बनाएपछि मात्रै सञ्चालन गर्न अनुमति दिन गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको जनाइएको छ । यौन दुव्र्यवहार, हिंसा तथा बलात्कारका घटनाका मतियारलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया