शनिबार, जेठ ५, २०८१

चार हजार ४३६ मतान्तरले थापाभन्दा आचार्य अगाडि

नेपालखोज २०७९ जेठ ९ गते २०:०६

पोखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वारले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट प्रमुख पदका उम्मेद्वार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५२ हजार ९७२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका कृष्णबहादुर थापाले ४८ हजार ५३६ मत ल्याएका छन् । गठबन्धनका आचार्य चार हजार ४३६ मतान्तरसहित अग्रस्थानमा छन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५५ हजार ५०४ मतसहित अग्रस्थानमा छिन् । उपमेयरमै कांग्रेसकी कोपिला रानाभाटले ५१ हजार ४८२ मत ल्याएकी छन् ।

प्रतिक्रिया