शुक्रबार, भदौ २८, २०८१

नीति तथा कार्यक्रम कागजको खोस्टा होइन : माधव नेपाल

नेपालखोज २०८० जेठ ८ गते १२:१७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो नभएको बताएका छन् ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा अध्यक्ष नेपालले नीति तथा कार्यक्रम यसो हेर्दा कागजको खोस्टाजस्तो नलागेको बताएका हुन् ।

उनले भने, ‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन । कुनै पनि दस्तावेज आफैंमा पूर्ण हुँदैन । यसका लागि छलफलको आवश्यकता पर्छ । सुझाव सल्लाह पनि चाहिन्छ । यो नीति तथा कार्यक्रम पोजेटिभ छ । देशको समस्यालाई समाधान गर्नसक्छ ।’

अहिलेको देशमा देखिएको समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया