फोनपे आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण

काठमाडौं । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण हुन सफल भएको छ । फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरीयता प्रदान गरेको हुनाले आईएसओ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट) २७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो । यस किसिमको प्रमाणीकरणले फोनपेको दायराअन्तर्गत गरिएका सबै कारोबार सुरक्षित छन् । भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ ।
आईएसओबाट प्रमाणिकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘फोनपे आम ग्राहकले सुरक्षित् तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध छ । त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ । आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौँ ।’
यस्तै फोनपेका हेड अफ सेक्यूरिटीका आस्लम अलीले भने, ‘आईएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि हाम्री प्रतिबद्ध छौँ भन्ने देखाउँछ । यसमा सम्पूर्ण कर्मचारिको प्रयास र योगदान समावेश छ । त्यसैले आज हामी यो भन्न पाउँदा गर्व गर्छौँ कि सुरक्षा र डाटा संरक्षणका लागि जागरुकता एउटै विभागमा सिमित छैन तर हाम्रो कर्पोरेट संस्कृतिमा निहित छ ।’
फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पीसीआई डीएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फन्ड ट्रान्स्फर, हब पेमेन्टलगायत कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।
यस्तै फोनपेमा हालसम्म करिब ७ लाख मर्चेन्ट रहेका छन् । एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।








प्रतिक्रिया