संस्कृतिविद् जोशीलाई महालक्ष्मी विकास बैंकको सम्मान

ललितपुर । महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको यस बैंकले नेपाली संस्कृति, पुरातत्त्व र लोक संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ ।
उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रमबीच यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गरेका हुन् । कार्यक्रममा अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहँदै आएको कुरा बताए ।
२८औं वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।
आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवर्द्धन, सहरी सौन्दर्य प्रवर्द्धन तथा प्रदूषण नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
२८औं वर्षमा प्रवेश सुखद अवसरमा बैंकले आफ्ना ग्राहक, सेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।
ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि बैंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।








प्रतिक्रिया