बिहीबार, वैशाख ६, २०८१

हत्केलामा विष्णुरेखा !

नेपालखोज २०७९ जेठ १० गते ८:०७

ज्योतिषशास्त्रका अनेकौं शाखा छन् जसमा हस्तरेखा, अंकशास्त्र, समुद्र विज्ञान, जन्म कुण्डली आदि प्रमुख छन् । यी विभिन्न माध्यमबाट विभिन्न किसिमका भविष्यवाणी गरिन्छ । हस्तरेखामा हातका रेखाहरुको अध्ययन गरिन्छ । हातमा भएका विभिन्न रेखालाई विशिष्ट नाम दिइएको छ जसले मानिसको जीवन, संसाधन, करियर तथा परिवारका बारेमा बताइरहेका हुन्छन् ।

हातको हत्केलामा थुप्रै रेखा हुन्छन् । यसमा धनरेखा, जीवनरेखा, हृदयरेखा तथा विष्णुरेखालाई मुख्य अथवा विशेष मानिन्छ । ज्योतिषशास्त्रअनुसार जसको हातमा विष्णु रेखा हुन्छ उसलाई भगवान विष्णु तथा माता लक्ष्मीको कृपा प्राप्त हुन्छ । यसबाट उनीहरुले जीवनमा विभिन्न प्रकारका सुख-सुविधाहरु प्राप्त गर्छन् । जसको हत्केलामा विष्णु रेखा हुन्छ उनीहरुले जीवनमा समस्याको सामना गर्नुपर्दैन भन्ने मान्यता छ ।

कहाँ हुन्छ विष्णु रेखा ?
हस्तरेखाशास्त्रअनुसार जब कुनै रेखा कुनै व्यक्तिको हत्केलाको हृदय रेखाबाट निस्किएर गुरु पर्वतमा जान्छ तब हृदय रेखा दुई भागमा बाँडिन्छ । यही स्थितिलाई विष्णु रेखा भनिन्छ । जसको हातमा विष्णु रेखा हुन्छ उनीहरु महँगा कुराहरुको सौखिन हुन्छन् । यिनीहरुको आर्थिक स्थिति मजबुत हुन्छ भने कार्यक्षेत्रमा ठूलो पद र समाजमा मान-सम्मान प्राप्त हुन्छ ।

चुनौतीको सामना
हत्केलामा विष्णुरेखा हुनेहरु साहसी तथा निडर हुन्छन् । यिनीहरु हरेक चुनौतीलाई डटेर सामना गर्न सक्छन् । यिनीहरु समाजमा आफ्नो अलग पहिचान कायम गर्न सफल हुन्छन् भने खुला विचार तथा मुखर व्यक्तित्व यिनीहरुको विशेषता हुन्छ । हत्केलामा विष्णुरेखा हुनेहरुले निर्धारण गरेको लक्ष्य हासिल गरेरै छाड्छन् ।

प्रतिक्रिया