शनिबार, असोज ५, २०८१

सातवटै प्रदेशमा हावा-हुरीसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ जेठ १० गते ६:४९

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखी सामान्य बदली रही मधेश प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि  सामान्य बदली  रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ  र  हावा-हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्गमती प्रदेश, मधेश प्रदेश र प्रदेश न १ लगायत अन्य देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाकी भू-भागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया