पोखरा महानगरमा धनराज आचार्य विजय
नेपालखोज
२०७९ जेठ १० गते ६:५९

पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा एकिकृत समाजवादी तथा सत्ता गठबन्धनका धनराज आचार्य विजय भएका छन् । प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई चार हजार ६३६ मतान्तरले पराजित गर्दै आचार्य मेयरमा निर्वाचित भएका हुन् ।
त्यस्तै उपमेयरमा भने एमालेकी मन्जु गुरुङ निर्वाचित भएकी छन् । निवर्तमान उपमेयरसमेत रहेकी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरेकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया