शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ चैत १० गते ११:२८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ । भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी आज प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया