आइतबार, जेठ ६, २०८१

पचरौतामा प्रमुख र उपप्रमुखमा एमाले विजयी

नेपालखोज २०७९ जेठ १० गते १३:०३

कलैया । पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । उक्त दलका जलनदर सिंहले चार हजार ७३३ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि एमालेकै नसिमा खातुनले चार हजार ५३८ मत ल्याई निवार्चित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकै सगुफा खातुन चार हजार १६३ मतमा सीमित भइन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीकातर्फबाट रमेशकुमार यादव प्रमुखामा र ईन्दुदेवी यादव उपप्रमुखमा निर्वाचित भएकी छन् ।-रासस

प्रतिक्रिया