पोखरामा मतगणना स्थगित, दुई वडामा पुनः गणना गर्न एमालेको माग

नेपालखोज २०७९ जेठ १० गते १३:४७

पोखरा । एमालेले वडा १८ र ३१ मा पुनः मतगणना गर्न मागेपछि पोखरा महानगरपालिकाको गणनाको काम स्थगित गरिएको छ । पुनः मतगणनाको माग गर्दै एमालेका प्रतिनिधि बस्न नमानेपछि जारी मतगणना स्थगित गरिएको हो ।

पछिल्लो समय पोखरा महानगरपालिका अन्तर्गतको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो ।
एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको जनाइएको छ ।

वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न माग गरेको छ । पोखराको वडा नम्बर १८ मा एमाले कांग्रेससँग ३ मतले नै पराजित भएको थियो भने सो वडामा मुचल्कामा भन्दा ९ मत कम भेटिएको पनि जनाइएको छ ।

प्रतिक्रिया