सोमबार, पुष ७, २०८२

नेपाल लाइफको ‘अमूल्य जीवन’ प्यूठानबाट…

नेपालखोज २०७९ जेठ १० गते १५:०८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमासम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जुम्री बजार चोकबाट सुरु गरेको छ ।

सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रूपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आमनागरिकको घरदैलोमै पुगेर बिमाको महत्त्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास छ ।

बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको निर्देशनअनुसार बिमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया