बिहीबार, वैशाख १३, २०८१

‘भएको बिदा पहिल्यै बढाइहालियो, फेरि बिदा बढाउँ, छैन’

अर्जुन पराजुली २०७९ जेठ १० गते १५:१७

खेती पसिनाले बगायो
खल्तीमा आम्दानी बढाउँ, छैन
पानी नदीले बगायो
खेतीमा पानी बढाउँ, छैन
काम लाग्ने गरी पढाउँ, छैन
भुईंमान्छेलाई अघि बढाउँ, छैन
उद्योग बढाउँ, छैन
धन्दा बढाउँ, छैन
देशलाई एउटा खुट्किलो
भर्‍याङ चढाउँ, छैन
बेरोजगारी नै पाइसकेपछि
रोजगारी फेरि किन चाहियो ?
रोजगारी बढाउँ छैन,
निर्यात गर्ने पुग्नेगरी छ असुविधा
सुविधा बढाउँ, छैन
भएको बिदा पहिल्यै बढाइहालियो
फेरि बिदा बढाउँ, छैन
बाँकी भएको त्यही एउटा महँगी हो
त्यही पनि नबढाउनु त ?!

No description available.

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया