मंगलबार, वैशाख ४, २०८१

सातादिनमै बढ्यो गाडी भाडा, कुन रुटमा कति ? (भाडादरसहित)

नेपालखोज २०७९ जेठ १० गते २०:१७

काठमाडौं । सातादिनमै दुई पटक सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । इन्धनको मूल्य बढेसँगै सरकारले लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडादर बढाएको हो ।

यसै क्रममा सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागु हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडादर २.१ प्रतिशतले बढाएको हो ।

पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा २.७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ३ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकैपटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा १० जेठबाटै लागु हुने भएको छ । यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो ।

कुन रुटमा कति पुग्यो भाडा ?

प्रतिक्रिया