मंगलबार, वैशाख ११, २०८१

जीवनमा सफलता प्राप्त गर्ने चाणक्य नीति !

नेपालखोज २०७९ जेठ ११ गते ५:००

चाणक्य नीतिले जीवनमा सफल हुन प्रेरणा दिन्छ । यही कारणले गर्दा सयौं वर्ष बितिसक्दा पनि चाणक्य नीति जनतामाझ निकै लोकप्रिय छ । आचार्य चाणक्यका अनुसार हरेक मानिसले जीवनमा सफलता प्राप्त गर्न संघर्ष गर्छ । यसमा कसैलाई सफलता मिल्छ त कोही असफल पनि हुन्छ । चाणक्य नीति भन्छ कि वास्तविक सफलता त्यो हो जसले अरूलाई सफल बन्न प्रेरित गर्छ, नियम र अनुशासनले प्राप्त गरेको सफलता स्थायी हुन्छ ।

१. चाणक्य नीतिअनुसार सौन्दर्य, खाना र धनको बारेमा सोचेर जीवनमा कहिल्यै पनि असन्तुष्ट हुनुहुँदैन । हामीसँग जे छ त्यसैमा खुसी हुनुपर्छ ।

२. चाणक्य नीतिअनुसार ज्ञानबिना जीवनमा सफलता प्राप्त गर्न सकिँदै न। ज्ञान भनेको त्यस्तो चीज हो जुन सधैं व्यक्तिसँग हुन्छ ।

३. चाणक्य नीतिअनुसार जुन व्यक्तिले कुनै पनि काम गर्नु अघि उसको राम्रो नराम्रो सबै पक्षलाई विचार गर्छ । यस्ता व्यक्तिले जीवनमा कहिल्यै पनि समस्याको सामना गर्दैनन् ।

४. चाणक्य नीतिअनुसार विवाहपछि व्यक्तिलाई अन्य महिलाप्रति आकर्षित हुनुहुँदैन किनभने यसका कारण पारिवारिक जीवनमा धेरै समस्या आउन सक्छ ।

५. चाणक्य नीतिअनुसार आफूभन्दा कम वा बढी इज्जत भएका व्यक्तिहरूसँग कहिल्यै पनि मित्रता गर्नु हुँदैन । यस्ता मान्छेको मित्रताले कहिल्यै सुख दिदैन, बरु अपमान सहनु पर्ने हुन्छ ।

६. चाणक्य नीतिअनुसार अरुको गल्तीबाट पाठ सिक्नुपर्छ । आफैंमा प्रयोग गरेर सिक्नुभयो भने, तपाईंको जीवन घट्छ । गल्तीबाट सिक्नेहरूले जीवनमा ठूलो सफलता प्राप्त गर्छन् ।

प्रतिक्रिया