शुक्रबार, वैशाख १४, २०८१

आज बुधबार भगवान विष्णुको पुजा आराधाना गर्नुहोस् ।। तपाईको आजको राशिफल ।।

नेपालखोज २०७७ असोज २१ गते ५:००

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आर्थिक लेनदेनमा समस्या हुन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च बढ्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । अचल सम्पत्तिको कारोवार हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तका बीचमा खटपट र शङ्का उब्जन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज धार्मिक कार्यमा सरिक भाईनेछ । आफनतले साथ र सहयोग र समर्थन प्रदान गर्नेछन् । नयाँ रोजगार वा नयाँ कार्यको प्रारम्भपनि हुनेछ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्धमा अधिक सुखद् रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया