आइतबार, भदौ ३०, २०८१

भायानेटका ग्राहकले अब २०० एमबीपीएस इन्टरनेट प्रतिमहिनामा ९९९ मै पाउने

नेपालखोज २०७९ जेठ ११ गते १४:३४

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन प्रा.लि.ले आफ्ना विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरूमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो ।

भायानेटका ग्राहकले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु. ९९९ प्रतिमहिनाको मूल्यमा पाउनेछन् । १७५ प्लस लाइभ टीभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकले सोही योजनाको भायाटीभीसहितको बन्डल पनि मात्र रु. ११०० प्रतिमहिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन् । यी दुवै योजनामा मात्र रु. ५०० थपी डुअल ब्यान्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ ।

यो प्याकेजमार्फत भायानेटले बिनाटीभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटीभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पुरा गर्ने लक्ष्य राखेको छ । त्यस्तै अझ बढी स्पिड र थप टीभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकका लागि भने कम्पनीले दुईवटा भायाटीभीसहित २५० एमबीपीएस र तीन भायाटीभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः रु. १२५० प्रतिमहिना र १५०० प्रतिमहिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ ।

कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसीअनुसार अपग्रेड गरिसकेको छ । यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया