बिहीबार, वैशाख १३, २०८१

नेपाल राष्ट्र बैंकमा दुईजना सञ्चालक नियुक्त, को हुन् शिवाकोटी र आचार्य ?

नेपालखोज २०७९ जेठ ११ गते १७:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकमा दुईजना सञ्चालक नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले रिक्त रहेको राष्ट्र बैंकको सञ्चालकमा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्यलाई नियुक्त गरेको हो ।

राष्ट्र बैंकको सञ्चालक समितीको गर्भनर महाप्रसाद अधिकारीको अध्यक्षतामा अर्थ–सचिव मधुकुमार मरासिनी, डेपुटी गर्भनर डा. नीलम ढुंगाना, डेपुटी गर्भनर बमबहादुर मिश्र र सुबोधकुमार कर्ण रहेका रहेकामा सरकारले शिवाकोटी र आचार्यलाई सञ्चालकमा नियुक्ति गरेसँगै राष्ट्र बैंकमा सात सदस्यीय सञ्चालक समिति कायम भएको छ ।

यसअघि राष्ट्र बैंकको सञ्चालकमा रामजी रेग्मी र श्रीराम पौडेल रहेकामा उनीहरूको कार्यकाल सकिएसँगै शिवाकोटी र आचार्य सञ्चालकमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया