सोमबार, वैशाख २४, २०८१

सर्वाधिक ‘म्यान अफ द म्याच’ पाउने खेलाडी

नेपालखोज २०७९ मंसिर ५ गते १५:४०

काठमाडौं । फुटबल एक टिम गेम हो, तर यसमा पनि केहि खेलाडी छन् जो सम्मानको योग्य छन् । २००२ को विश्वकप पछि फिफाले उत्कृष्ट प्रदर्शनहरूलाई हाइलाइट गर्न म्यान अफ द म्याच पुरस्कारको स्थापना गर्‍यो ।

यो पुरस्कारमा धेरै दिग्गजहरूको वर्चस्व छ। विशेष गरी वेस्ली स्नेइडर र लियोनल मेस्सीले एउटै विश्वकपमा सबैभन्दा धेरै म्यान अफ द म्याच को उपाधि जित्ने कीर्तिमान राखेका छन् । थोमस मुलर (जर्मनी) , ४ पटक : विश्वकपमा थोमस मुलरको कीर्तिमान निकै राम्रो छ र उनी धेरै वर्षदेखि जर्मनीका मुख्य खेलाडी हुन् । उनले २०१० मा गोल्डेन बुट जितेका छन भने चार पटक म्यान अफ द म्याचको अवार्ड जितेका छन । उनको अन्तिम अवार्ड सन् २०१४ को हो । हालको फर्मलाई हेर्दा उनले निकट भविष्यमा यसमा अरु कीर्तिमान थप्न सक्छन् ।

पार्क जी-सुङ (दक्षिण कोरिया) , ४ पटक : यी दक्षिण कोरियाली लेजेन्डको विश्वकपमा उत्कृष्ट इतिहास छ भन्ने कुरामा कुनै शंका छैन । आफ्नो देशका लागि, पार्क जी-सुङले तीनवटा विश्वकप खेलेका छन् र ती प्रत्येकमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । विशेष गरी २००२ मा घरेलु मैदानमा भएको विश्वकपमा उनले अचम्मको प्रदर्शन गरे र दुईवटा म्यान अफ द म्याच अवार्ड जितेका थिए ।

मिरोस्लाभ क्लोज (जर्मनी) , ४ पटक : मिरोस्लाभ क्लोज १६ गोलका साथ सर्वकालीन विश्वकप गोलकर्ता हुन् र उनले चार पटक म्यान अफ द म्याचको अवार्ड जितेका छन् । उनको अन्तिम विश्वकप २०१४ को थियो । क्लोजले २००२ र २००६ मा ती सबै म्यान अफ द म्याच अवार्ड जितेका हुन ।

जेम्स रोड्रिग्वेज (कोलम्बिया) , ४ पटक : कोलम्बिया छनोट हुन असफल भएपछि रोड्रिग्वेज यो वर्षको विश्वकपमा सहभागी नहुने भए पनि २०१४ को विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन स्मरणीय छ । उनले ६ गोल गरेर गोल्डेन बुट जितेका छन भने २०१४ र २०१८ को विश्वकपमा चारवटा म्यान अफ द म्याच अवार्ड जितेका छन् । २०२२ को विश्वकपमा नदेखिने प्रमुख खेलाडि मध्ये उनी पनि एक हुन् ।

Keisuke Honda (जापान) , ४ पटक : Keisuke Honda जापानी फुटबल र विशेष गरी विश्वकपमा सधैं सम्झना गरिने नाम हो । एसी मिलानका यी पूर्व फरवार्ड अहिले कम्बोडिया राष्ट्रिय टोलीका प्रशिक्षक छन्। उनले २०१० र २०१४ को विश्वकपमा चारवटा म्यान अफ द म्याच अवार्ड जितेका थिए ।

इडेन हाजार्ड (बेल्जियम) , ४ पटक : विश्वकपमा बेल्जियमका लागि इडेन हाजार्ड म्यान अफ द इभेन्ट साबित भएका छन । उनका चार म्यान अफ द म्याच अवार्ड उनको क्षमता प्रमाणित गर्न पर्याप्त छन् । २०१८ को सेमिफाइनलमा फ्रान्ससँगको हार पछि बेल्जियम विश्वकपमा तेस्रो स्थानमा रह्यो । यद्यपि रियल म्याड्रिडसँगको निराशाजनक समयपछि हाजार्डसँग यस पटक आफुलाइ प्रमाणित गर्ने अबसर छ ।

लुइस स्वारेज (उरुग्वे) , ५ पटक : विश्वकपमा लुइस स्वारेजको रोचक इतिहास छ । विश्वकपमा स्वारेजको कीर्तिमान उत्कृष्ट छ यद्यपि २०१० मा उनको विवादास्पद क्वार्टर फाइनल प्रदर्शनले प्रायः उनका उपलब्धिहरूलाई ओझेलमा पार्छ। स्वारेजले तीनवटा विश्वकप खेलेका छन् र सबैमा पुरस्कार जितेका छन् । उसको भागमा पाँच वटा म्यान अफ द म्याच अवार्ड छन् भने २०२२ मा त्यसमा केही थप हुन सक्छ ।

लियोनेल मेस्सी (अर्जेन्टिना) , ६ पटक : अर्जेन्टिनाका यी जादुगर छैटौं पटक विश्वकपमा खेल्दैछन् । मेस्सीले ६ वटा म्यान अफ द म्याच र गोल्डेन बल जितेका छन् । तर, विश्वकप ट्रफी उनको सेटबाट हराएको एक मात्र टुक्रा हो। सन् २०१४ को विश्वकपमा मेस्सीले चारवटा म्यान अफ द म्याच अवार्ड जितेका थिए ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) , ६ पटक : पछील्लो विश्वकपमा पोर्चुगलको खराब प्रदर्शनका बाबजुद पनि क्रिस्टियानो रोनाल्डो आफ्नो उत्कृष्ट प्रदर्शन गर्नबाट पछि हटेका छैनन् । पछिल्ला तीन वटा विश्वकपमा रोनाल्डोले छ वटा म्यान अफ द म्याच अवार्ड जितेका छन्। २०२२ को विश्वकप सम्भवतः उनको अन्तिम विश्वकप हुनेछ ।

प्रतिक्रिया