प्रतिनिधि सभाको बैठक बस्दै

नेपालखोज २०७९ जेठ १२ गते ६:२४

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने संघीय संसद सचिवालय जनाएकाे छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गर्न प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ साथै सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ । 

प्रतिक्रिया