बिहीबार, वैशाख १३, २०८१

सहारा फिजियोथेरापी अस्पतालकाे कर्मचारी र बैंकिङ प्रयोगकर्तालाई विशेष छुट

नेपालखोज २०७९ जेठ १२ गते १५:०२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र सहारा फिजियोथेरापी अस्पताल महाराजगञ्जबिच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका छन् । कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए ।

प्रतिक्रिया