सोमबार, पुष ७, २०८२

दराजले गर्यो प्राउडली नेपाली अभियानको घोषणा

नेपालखोज २०७९ जेठ १५ गते १३:५३

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली प्रमोटिङ नेपाली ब्रान्ड नामक आफ्नो नयाँ अभियान यही जेठ १३ बाट सुरु गरेको छ । कम्पनीका अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ ।

यो अभियान दराजको मूल मूल्यमान्यता अप्लिपिÞm्टङ्ग कम्युनिटि थ्रु द पावर अफ कमर्स भित्र पर्दछ । आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा थपध्यान केन्द्रित गर्ने कम्पनीको विश्वव्यापी दृष्टिकोणलाई फेब्रुअरीमा नयाँ प्रबन्ध निर्देशक, सुश्री आंचल कुँवरको अन बोर्डिङसँगै बढावा दिइएको थियो र प्राउडली नेपाली अभियान, त्यो भिजन हासिल गर्नुतर्फ अर्को धक्का हो । साथै, कम्पनीले यो आश्वासन पनि दिएको छ कि प्राउडली नेपाली एक वान टाइम अभियान मात्र नभई एक दीर्घकालीन परियोजना हो जुन वर्षभरि हरेक महिना जारी रहनेछ ।

यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेतालाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्दछ । दराज सहयात्री र सारथी जस्ता विगतका कार्यक्रमहरूले ११,००० भन्दा बढी बिक्रेतालाई आफ्नो व्यवसाय अनलाइन स्थानान्तरण गर्न प्रत्यक्ष रूपमा मद्दत गरेका छन् । र यो अभियानमार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ ।

फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा र थप जस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ, यो अभियानले ग्राहकलाई नेपाली ब्रान्डबारे थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनी विश्वस्त छ । साथै अभियानले स्थानीय ब्रान्डले अन्तर्राष्ट्रिय स्तरका उत्पादन प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ । प्राउडली नेपाली अभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको दराजको भनाइ छ ।

अभियानको मुख्य सन्देशलाई–नेपाली ब्रान्डहरू प्रवर्द्धन गर्ने, थप फैलाउन, दराजले नेपाल उद्योग वाणिज्य महासंघलगायत संस्थाहरूसँग मिलेर एक रणनीतिक इकोसिस्टम बनाउन सफल भएको छ भने प्राउडली नेपालीको नेपालभर प्रचारका लागि सबै मार्केटिङ च्यानल प्रयोग गर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया