बिहीबार, जेठ ३, २०८१

स्वास्थ्यमा ६९ अर्ब र शिक्षामा ७० अर्ब छुट्याइयो

‘स्वास्थ बिमासम्बन्धी व्यवस्था कार्यान्वयनमा ७ अर्ब बजेट, वैदेशिक रोजगारीमा गएकाका लागि कोष स्थापना गरिने’

नेपालखोज २०७९ जेठ १५ गते १८:०१

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि गएकाहरूबाट प्राप्त हुने आयलाई उत्पादनमूलक क्षेत्रमा लगाउन छुट्टै कोष स्थापना गर्ने भएको छ । हालसम्म यस्तो आय अनुत्पादक क्षेत्रमा प्रयोग भएकाले विदेशी मुद्राको सञ्चितिमा दबाब परेको छ भने वैदेशिक व्यापार घाटा बढेको छ । यो सबैलाई नियन्त्रणमा राख्न सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको उद्घोष गरेका हुन् । यसैगरी सरकारले स्वास्थ्य क्षेत्रका लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट छुट्याएको छ । शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बजेट छुट्याएको छ । सरकारले ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भएको छ ।

विपन्न परिवारका सुत्केरीलाई पाँच हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । यो पोषण कार्यक्रमअन्तर्गत उपलब्ध गराइने छ । यसैगरी सरकारले स्वास्थ बिमासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सात अर्बको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया