बुधबार, असोज ३०, २०८१

सहरी कृषि सम्बन्धी अध्ययनले संयुक्त राष्ट्रसंघको फ्युचर समिट २०२४ का लागि दृष्टिकोण दिने

नेपालखोज २०८१ भदौ ३० गते १५:५२

काठमाडाैं । सहरी कृषि विश्वव्यापी रूपमा विभिन्न शहरहरूमा लोकप्रिय बन्दै गएको छ, र यसका धेरै सफल उदाहरणहरू छन् । विश्वका मुख्य शहरहरूमा सहरी कृषि अभ्यास गर्ने कारणहरूमा खाद्यसुरक्षा, वातावरणीय दिगोपन, र सामाजिक आर्थिक अवसरहरू बढेका छन । तर सहरी कृषिले दिगो विकास लक्ष्यहरू मा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न थालेको एक अध्ययनले देखाएको छ ।

ग्रोनिन्जेन विश्वविद्यालयका डा. प्रजल प्रधानको नेतृत्वमा नौ जना सहकर्मीहरूसहितको विश्वव्यापी अध्ययनले सहरी कृषिले दिगो विकास लक्ष्यहरूलाई कसरी प्रभाव पार्छ भन्ने विस्तृत मूल्याङ्कन गरिएको छ । यस अनुसन्धानले विश्वभरिका लगभग चौध सय ५० प्रकाशनहरूको समीक्षा गरी सहरी कृषिले दिगो विकास लक्ष्यहरूमा सकारात्मक र नकारात्मक दुवै प्रभाव कसरी पार्छ भन्ने विस्तृत मूल्याङ्कन गरिएको छ । अध्ययनको नतिजा सेल रिपोर्ट सस्टेनेबिलिटी जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धानले सहरी कृषि १७ वटै दिगो विकास सँग गहिरो सम्बन्ध रहेको । जसले ८१ लक्ष्यहरूलाई सकारात्मक रूपमा र ५१ लाई नकारात्मक रूपमा असर गरेको छ । यी निष्कर्षहरू विशेषरूपमा महत्वपूर्ण छन्, किनकि तिनीहरूले संयुक्त राष्ट्र संघको आउदो साता हुन लागेको फ्रिुचर समिट २०२४ अघि दिगो विकास तर्फको प्रगतिलाई गति दिने नयाँ दृष्टिकोण प्रस्तुत गर्छन् । डा. प्रधानका अनुसार, सहरी कृषिले दिगो विकासका लागि अत्यन्त सम्भावना राख्छ, तर यसको सफल कार्यान्वयन भनेको यसको सकारात्मक प्रभावलाई अधिकतम बनाउँदै नकारात्मक असरलाई न्यूनीकरण गर्न ध्यान दिनु हो। अध्ययनले सहरी कृषिका प्रमुख चुनौतीहरू पहिचान गरेको छ, जस्तै प्रदूषणका कारण स्वास्थ्य जोखिम र पर्याप्त स्रोतको माग । मिडवेस्ट युनिभर्सिटी नेपालका प्राध्यापक दयाराज सुबेदिले सहरी कृषिले दिगो विकासमा योगदान पु¥याउन स्रोतहरूको समान पहुँच र कडा व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए । वुहान विश्वविद्यालयका अनुसन्धानकर्ता युआनचाओ हुले भने, सहरी कृषि दिगो विकासमा प्रगति गर्न महत्त्वपूर्ण छ, तर यसका लागि समय र सन्दर्भ अनुकूल समाधानहरू आवश्यक छन् ।

अनुसन्धानले सहरी कृषिको सकारात्मक प्रभावलाई बढाउने र नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि दिगो अभ्यासहरू अपनाउन सुझाव दिएको छ । यसले लचिलो शहरी भविष्यको विकासमा योगदान पु¥याउँछ। डा. प्रधानले थपे, हाम्रो अध्ययनले शहरी कृषिको दोहोरो प्रभावलाई उजागर गर्न वैज्ञानिक प्रमाणहरूको संश्लेषण गरेको छ, जसले खाद्य सुरक्षामा सुधार, जैविक विविधताको समर्थन र सामाजिक समावेशीकरणमा मद्दत पु¥याउँछ । शहरी कृषि स्थानीय ताजा खाद्य उत्पादनमा सहयोग पुयाउँदै खाद्य माइलहरू घटाउँछ र खाद्य सुरक्षामा उल्लेखनीय योगदान गर्छ । यसले सामाजिक समावेशीकरण र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । सुवेदीले भने, शहरी कृषिका अवसर र चुनौतीहरूको पहिचान महत्त्वपूर्ण छ । जनता, संस्था, र सरकारहरूले दिगो रूपान्तरणका लागि सहरी कृषिलाई प्रवर्द्धन गर्न सक्छन् । अनुसन्धानले स्थान विशेष सहरी कृषि अभ्यासहरूको पहिचान गर्ने लक्ष्य राखेको छ, जसले दिगोपनलाई अनुकूल बनाउँछ र विश्वभरका शहरहरूमा समाधान प्रदान गर्दछ ।

प्रतिक्रिया