दुई वर्षभित्र सबैकाे घरमा विद्युत् पुर्‍याउने घोषणा

नेपालखोज २०७९ जेठ १५ गते १८:१९

काठमाडौं । सरकारले अबको दुई वर्षभित्र देशभरका सबै घरमा विद्युत् पुर्‍याउने घोषणा गरेको छ । आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षभित्र देशभर सबै घरमा विद्युत् पुर्‍याइने घोषणा गरेका हुन् ।

प्रतिक्रिया