उत्पादनशिल र व्यवसायीक क्षेत्रमा प्रवाह हुने कर्जामा फरक-फरक ब्याज

नेपालखोज २०७९ जेठ १५ गते २१:२५


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि उत्पादनशिल र व्यवसायीक क्षेत्रमा प्रवाह हुने कर्जामा फरक फरक व्याजदर कायम गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्धन शर्मा प्रभाकरले आईतबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दे उक्त घोषणा गरेका हुन् ।

यसैगरी सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत उत्पादनमुलक क्षेत्रको कर्जा प्रवाह बढाउने घोषणा गरेको छ । यसैगरी दलित तथा पीछडिएका बर्गका नागरिकहरुलाई कर्जामा व्याज अनुदान दिनको लागि १३ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । वित्तीय क्षेत्रलाई थप बजवुत बनाउने, उत्पादनमुलक क्षेत्रको कर्जा विस्तार बढाउने, नियमनलाई प्रभावकारी बनाउने नीति पनि अगाािड सारेको छ ।

गैरआवासीय नेपालीको लगानीलाई सेयर बजारमा केन्द्रित गर्ने नीति पनि सरकारले लिएको छ । बैंक तथा फाईनान्स कम्पनीहरुले संस्थागत सामाजिक क्षेत्रको लागि छुट्याएको रकमलाई कोषमा जम्मा गरी कम्तीमा ५० प्रतिशत रकम उत्पादनमुलक क्षेत्रमा लगाउने घोषणा पनि सरकारले गरेको छ ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुलाई प्रत्येक बैंकलाई प्रतिशाखा पाँचवटाका दरमा कृषि तथा उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने नीति पनि सरकारले लिएको छ । वित्तीय पहुंच विस्तार गर्ने, वित्तीय क्षेत्रलाई थप मर्यादित बनाउने घोषणा गरेको छ । सबै किसिमको सरकारी भुक्तानीलाई विद्युती प्रणाली मार्फत गर्ने, राष्ट्रिय बिमा नीति ल्याउने योजना पनि सरकारले अघि सारेको छ ।

सरकारले बिमाको पहुँच बिस्तारको लागि एक घर एक बिमा योजना अघि सारेको छ । बिमा क्षेत्रको लगानीलाई पनि उत्पादनमुलक क्षेत्रमा लगाउने नीति सरकारले लिएको छ । यसैगरी सरकारले बजेटमार्फत धितोपत्र बजारलाई व्यवस्थित गर्ने नीति पनि सरकारले अघि सारेको छ ।

प्रतिक्रिया