६ जनामा कोरोना, १३ जना डिस्चार्ज
नेपालखोज
२०७९ जेठ १६ गते १६:२६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ५५३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ८५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १०१ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १३ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ७८ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप १३ हजार ८२९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया