नेपालमा अब जावा फोर्टी-टु स्पोर्ट्स स्ट्राइप

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा.लि.ले जावा फोर्टी-टु परिवारमा एक नयाँ सदस्यको आगमन गराएको छ । अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राइपको अनावरण हालका चर्चित नेपाली गायक सुशान्त केसीले जेठ १६ गते जावा मोटरसाइकलको शोरुम, उत्तरढोकामा गर्नुका साथै सोही अवसरमा प्रि-बुकिङ गरिएका बाइकहरु वितरण पनि गरेका थिए ।
गायक केसीको भनाइ अनुसार, ‘मलाई पहिलेदेखि नै जावा मोटरबाइक निकै मन पर्थ्यो । त्यसैले, मैले विगत एक वर्षदेखि आफ्नो हरेक यात्राका लागि जावा पेराकलाई आत्मीय बनाएको छु । र हाल नेपालमा जावा बाइकको कलेक्सनमा जावा ४२ स्पोर्ट्स स्ट्राइप पनि थपिएकामा म एकदम हर्षित छु र यसको सफलताको कामना पनि गर्दछु ।’
त्यसैगरी, अग्नि मोटोइंक प्रा. लि. का महाप्रबन्धक शरद मिश्रका अनुसार, ‘विगत दुई वर्षदेखि जावा बाइकको बिक्रीवितरणमा हामी सक्रियताका साथ कार्यरत छौँ र यी दुई वर्षमा ग्राहकहरुबाट सदैव सकारात्मक प्रतिक्रिया नै पाईरहेका छौँ । साथै, आगामी दिनहरुमा जावा ४२ स्पोर्ट्स स्ट्राइपले पनि सोही किसिमको माया पाउनेमा विश्वस्त पनि छौँ ।’ स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन्, जसमध्ये २९३ सीसी बीएस-सिक्स लिक्विड कुल्ड, फ्युल-इन्जेक्टेड इन्जिनले हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता राख्दछ । यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।
यसमा सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वक राम्रो ईन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ । त्यसैगरी, १३–स्पोक एलोय ह्वीलले यस मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनीय रूपमा प्रस्तुत गरेको हुनाले यसले क्लासिक मोटरसाइकलप्रेमीहरुलाई आकर्षित गर्ने विश्वास राखिएको छ ।
जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । साथै, रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउँछ । हाललाई सात लाख ५८ हजार एमआरपी तोकिएको जावा ४२ स्पोर्ट्स स्ट्राइप जावा मोटरसाइकल प्रेमीहरूले आफूलाई पायक पर्ने जावा मोटरसाइकलको विभिन्न शाखा र डिलरहरुमार्फत सहजै नेपाल भर खरिद गर्न सक्नेछन् ।
जावा मोटरसाइकलको बारेमा
जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो । यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू- यसको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकर्ताहरूको मन जित्नमात्र सफल नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।
प्रतिक्रिया