पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टियो, उडान अवरुद्ध !

नेपालखोज २०७९ जेठ १७ गते ९:२०

कास्की । पोखरा विमानस्थलभित्र धावनमार्ग नजिकै रहेको सडकमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ ।

हेलिकप्टरमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । विमानस्थलमा तेल पोखिए पनि मानवीय क्षति भएको छैन । पल्टिएको ट्यांकर उठाएपछि विमानस्थलको सेवा नियमित हुने प्रवक्ता सुवेदीले बताए ।

प्रतिक्रिया