पाठेघर तानी श्रीमतीको हत्या गर्ने पक्राउ
नेपालखोज
२०७९ जेठ १७ गते ११:५९

चितवन । श्रीमानले पाठेघर बाहिर तानी घाइते भएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१० की एक महिलाको सोमबार राति ११:५० बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतकका श्रीमान रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औला छिराई पाठेघर बाहिर तानी चोट पुर्याएका थिए । घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
४० वर्षिय मृतकका श्रीमान अहिले प्रहरीको नियन्त्रणमा छन् । उनी माथि ज्यान मार्ने उद्योग तथा जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। जबरजस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ ।
सम्बन्धित

प्रतिक्रिया