‘बजेट गठबन्धनको घोषणा पत्र नभई क्रान्त्रिकारी संरचनात्मक परिवर्तनको दस्तावेज हाे’

नेपालखोज २०७९ जेठ १७ गते १४:५६

काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले बजेट गठबन्धनको घोषणा पत्र नभई क्रान्त्रिकारी संरचनात्मक परिवर्तनको दस्तावेज भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले बजेटबारे नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको राखेको तर्कको खण्डन गर्दै यस्तो धारणा राखेका हुन् ।

उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बिमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारिक व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको बताए ।

नेता पुनले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने भएकाले ती गाडीका लागि बढी कर नलगाउन आग्रह गर्दै आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने बताए ।

प्रतिक्रिया