आइतबार, वैशाख २८, २०८२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ जेठ १७ गते १७:०४

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार लक्ष्मी सापकोटालाई पक्राउ गरेको छ । सीआईबीका अनुसार गोरखाको पालुङटार २ घर भई अहिले काठमाडौंको नागार्जुन १, रानीवन बस्ने ५१ वर्षीय लक्ष्मी सापकोटालाई बैंकिङ कसुरको आधारमा पक्राउ गरिएको हो ।

सापकोटाले नेपाल बंगलादेश बैंक लिमिटेड मैतीदेवी शाखामा रहेकोे खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्याएर दिएको चेकको भुक्तान भएको थिएन । उच्च अदालत पाटनले २०७८ पुस २ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र १२ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

अदालतकाको आदेशलगत्तै फरार सापकोटालाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजी एवं पक्राउका लागि परिचालित टोलीले मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेकी सापकोटालाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको पनि सीआईबीले जनाएको छ ।

प्रतिक्रिया