सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझी नियुक्त

काठमाडौं । सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त भएका छन् । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समिति बैठकले मिति जेठ १८ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरेका रायमाझीसँग नेपाल राष्ट्र बैंकलगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभु बैंक) मा गरी कुल २१ वर्षको बैंकिङ अनुभव छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका रायमाझीले नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकामा खुसी व्यक्त गरे ।
प्रतिक्रिया