आईओसीले पठायाे पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची, घाटा ६ अर्ब १५ करोड पुग्ने अनुमान

काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । बुधबार आईओसीले पठाएको नयाँ मूल्य पठाएसँगै बुधबार इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्यका आधारमा निगमलाई मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।
आईओसीले पठाएको नयाँ मूल्यमा डिजल र ग्यासको मूल्य घटेर आएको देखाएको छ । जसमा डिजल लिटरमा ७ रुपैयाँ र ग्यास २२ रुपैयाँ घटेर आएको छ । पेट्रोल भने ८ रुपैयाँ २१ पैसा महँगो भएर आएको निगमले जनाएको छ ।
नयाँ मूल्यका आधारमा पनि पाक्षिक रुपमा पेट्रोलमा ६७ करोड, डिजेलमा एक अर्ब ३० करोड र एलपी ग्यासमा एक अर्ब ४३ करोड रुपैयाँ घाटा नै रहेको निगमले जनाएको छ।
आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा र ग्यासमा प्रति सिलिण्डर १४३ रुपैयाँ २४ पैसा घाटा रहेको छ । अहिले पेट्रोल प्रतिलिटर १८० र डिजेल १६३ र ग्यास १८०० रुपैयाँ मा कारोबार भइरहेको छ।
बुधबार इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्यका आधारमा निगमलाई मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया