प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, बजेटमाथिकाे छलफललाई निरन्तरता

नेपालखोज २०७९ जेठ १९ गते ७:०२

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  

प्रतिक्रिया