सुनचाँदीकै भाउ बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ जेठ १९ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९७ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियाे ।

प्रतिक्रिया